राजनीतिक विश्लेषक चन्द्रकिशोरलाई ३ प्रश्न

राजनीतिमा दलको संख्या, संख्याको प्रभाव, दलहरूले निर्वाचनमा भाग नलिनुले के सन्देश दिन्छ ?
Source: Naya Patrika
Source: Naya Patrika

हामीले बहुदलीय व्यवस्थालाई स्विकारेका छौँ । लोकतान्त्रिक व्यवस्थामा कानुनद्वारा निर्दिष्ट निश्चित प्रक्रिया पु¥याएर दल खोल्न पाइन्छ । लोकतन्त्रमा धेरै दल हुँदा स्वस्थ प्रतिस्पर्धा हुने, जनताका आवाज मुखरित हुने अपेक्षा पनि गरिन्छ । बहुदल हुनु र बहुभार हुनु फरक–फरक विषय हुन् । तर, दलहरूको संख्या अधिक हुँदा कहिलेकाहीँ नागरिक अधिकार कुण्ठित पो बन्छ कि भन्ने डर पनि हुन्छ ।

निर्वाचनमा चाहिँ दलको संख्याको प्रभाव कस्तो रहन्छ ?

निर्वाचन प्रयोजनका लागि धेरै दल हुँदा हाम्रोजस्तो देशमा मतपत्र व्यवस्थापनमा समस्या हुन सक्छ । कमजोर मतदाता शिक्षा र अशिक्षित मतदाता भएको हाम्रोजस्तो देशमा मतदाताले खोजेको दलको चुनाव चिह्न नपाएर मत गलत चिह्नमा पर्न पनि सक्छ । यसबाट सजिला चुनाव चिह्न हुने पुराना दलहरूलाई मात्र फाइदा पुग्न पनि सक्छ । यस्तो अवस्थाले स्वस्थ हुनुपर्ने प्रतिस्पर्धालाई दूषित बनाउने जोखिम पनि रहन्छ ।

निर्वाचन आयोगमा दर्ता भएका दलहरूले निर्वाचनमा भाग नलिनुले के सन्देश दिन्छ ?

सामान्यतः दल दर्ता गर्नुको उद्देश्य नै निर्वाचनमा भाग लिनु हो । निर्वाचनउन्मुख भई दल दर्ता गर्नु नागरिक अधिकार पनि हो । तर, दर्ता भइसकेका दलहरू निर्वाचनमा नजानुले सन्देह भने उत्पन्न गराउँछ । निर्वाचन प्रयोजनका लागि दर्ता भएका दलहरू निर्वाचनमार्फत जनतामाझ परीक्षणमा नजानुले उनीहरूको सामाजिक हैसियत कमजोर भएको संकेत गर्छ । दल दर्ता गरेर नाम र चुनाव चिह्न मात्र ओगट्नुको अर्थ हुँदैन ।

Prev Next