यस्ता उदाहरणीय जीवन बांच्नेहरू पनि छन!

यस्ता उदाहरणीय जीवन बांच्नेहरू पनि छन!
सीमांचलका प्रसिद्ध समाजवादी चिंतक एवं निष्ठाका प्रतीक सच्चिदानंद सिंह जी, जो लेखे र बोले त्यो व्यवहारमा पनि बांचे।
उनी चाहेको भए भारतको कुनै महानगरमा बस्न सक्थे, तर त्यो उनको छनौट कहिल्यै पनि रहेनन। उनी मुजफ्फरपुर (बिहार)को एक मणिका गांउमा सीमित संसाधनमा रहि निवृत्त जीवन बिताए।
उनको सादगी र वैचारिक प्रतिबद्धता प्रत्येक जनपक्षी धाराका कार्यकर्ता र बुद्धिजीविहरूका लागि प्रेरक रहन्छ । बिहारमा निष्ठाका जीवन बांच्नेहरूका संभवतः उनी अंतिम स्तंभ थिए।
उनलाई धेरै पढ्न र सुन्ने अवसर पांउदै रहे। नेपालका लोकतंत्रका उनी अटल हितैषी थिए। लोकतांत्रिक संघर्षमा सीमांचलका यस्ता हितैषीहरूका सूची लामो छ।
आज ९८ बर्षको उमेरमा बिते।
अंतिम प्रणाम!
Prev Next